शाहरुखको ‘पठान’ले नेपालबाट मात्रै एकसातामा ६ करोड कमायो

बलिउड स्टार शाहरुख खानले अभिनय गरेको फिल्म ‘पठान’को विश्वप्यापी कमाइ निकै राम्रो छ। ब्लिउड बक्स अफिसमा फिल्मले एकपछि अर्को रेकर्ड बनाइरहेको छ। यो फिल्मले नेपालमा मात्रै एक सातामा ६ करोड ग्रस कलेक्सन गरेको छ।

नेपालका डेढ सय पर्दामा रिलिज भएको ‘पठान’ले मंगलबारसम्म ६ करोड ग्रस कलेक्सन गरेको नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ।

गत बुधबार रिलिज भएको फिल्म ‘पठान’ले चार दिन लामो सप्ताहन्तको फाइदा गठाएको छ। फिल्म हेर्न दर्शकको उल्लेख्य सहभागीता अझैं कम भएको छैन्।

नेपालमा पनि शाहरुख खानको स्टारडमको लोभलाग्दो छ। चर वर्षपछि पर्दामा फर्किएका उनलाई हेर्न नेपाली दर्शक पनि आतुर थिए।

हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार ः द वे अफ वाटर’रिलिजपछि सुनसान बनेका नेपाली हलमा पठानले दर्शक तानेको छ।

‘अवतार २’ ले नेपालबाट ९ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो।


१९ माघ २०७९, बिहीवार १०:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु