punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘पठान’ को नयाँ रेकर्ड: दुई दिनमा दुई सय करोड बढी

Chaupati
safha napa

बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखिरहेको छ।

भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शका अनुसार फिल्मले दुई दिनमा विश्वभरबाट २१९ करोड ६० लाख भारू कमाउने हिन्दी फिल्मकाे रेकर्ड राखेकाे छ।

यो फिल्मले विश्वभरबाट पहिलो दिन १०६ करोड भारू कमाउँदै सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो। फिल्मले दोस्रो दिन ११३ करोड ६० लाख भारू कमाउँदै अर्काे रेकर्ड राखेको हो।

घरेलु बक्स अफिसमा ‘पठान’ ले पहिलो दिन हिन्दी संस्करणमा ५५ करोड भारू कमाएको थियो भने दोस्रो दिन ६८ करोड भारू कमाएको छ। हिन्दी संस्करणमा एक दिनमै करिब ७० करोड भारू कमाउने यो पहिलो फिल्म हो।

फिल्मले हिन्दी संस्करणमा दुई दिनमा १२३ करोड कमाएको छ भने तमिल र तेलुगुमा ४ करोड ५० लाख भारू कमाएको छ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

‘पठान’मा शाहरूख खान र दीपिका पादुकोण र जोन अब्राहमको पनि मुख्य भूमिका छ भने फिल्ममा सलमान खान केमियो भूमिकामा छन्। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गर्दैछन्।

शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।


१३ माघ २०७९, शुक्रवार १८:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु