punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आचार्यका परिवारको सहयोगका लागि अमेरिकामा एकै दिन सङ्कलन भयो १३ लाख

Chaupati
safha napa

सङ्घीय संसद भवन नयाँ वानेश्वर अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवारका लागि सहयोग गर्न शुरु गरिएको अभियानमा १३ लाख अमेरिकी डलर सङ्कलन भएको छ । हाल टेक्सस, अमेरिकाबाट सुरेश दर्पण पोखरेलले सञ्चालन गरेको ‘गो फन्ड मि’ अभियानमा एकै दिनमा १३ लाख नेपाली रुपैयाँ ( १० हजार अमेरिकी डलर ) सङ्कलन भएको हो ।

१० हजार डलरको लक्ष्यसहित शुरु गरिएको सो क्यम्पियनको लक्षित रकम मात्र १ दिनमै सङ्कलन भइसकेको पोखरेलले बताए । आचार्यको परिवारमाथी परिरहेको आर्थिक भारलाई केही हदसम्म भए पनि न्यून गर्न र बाबाको असामयिक निधनबाट मर्माहत बन्न पुगेका २ छोरीहरूको शिक्षा दीक्षाका लागि व्यक्तिगत पहलमा ‘गो फन्ड मि’ क्यम्पियन मार्फत आर्थिक सहयोग सङ्कलन गरिरहेको अभियन्ता पोखरेलले बताए । साथै क्यम्पियनमा जोडिएका संसार भरी छरिएर रहेका मनकारी दाताहरूप्रति आभार व्यक्त गरे।

सङ्कलित सम्पूर्ण रकम नियमअनुसार ‘गो फन्डमि’ले लिने २.९ प्रतिशत सर्भिस रकम घटाई प्राप्त हुने सम्पूर्ण रकम स्व.आचार्यकी श्रीमती नानुका अधिकारी आचार्यलाई यथाशीघ्र हस्तान्तरण गरिने उनले बताए ।


१३ माघ २०७९, शुक्रवार १०:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु