माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै
काठमाडौँ। नेकपा माओवादी केन्द्र को स्थायी समिति बैठक शुक्रबार पनि बस्दै छ । बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठक शुक्रबार बिहान ११ बजे फेरि बस्न लागेको हो ।
बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गर्नुभएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा अध्यक्ष प्रचण्डले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा एमाले सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गरेको जानकारी दिए ।
अध्यक्षको प्रतिवेदनमाथि नेताहरूले शुक्रबार आ–आफ्नो धारणा राख्नेछन् । पार्टी एकता र सङ्गठन बिस्तार पनि बैठकको एजेन्डा रहेको छ ।
१३ माघ २०७९, शुक्रवार १०:२२ बजे प्रकाशित































