punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खोडपेमा हर्न बजाउन निषेध, ४ सवारी साधनलाई कारबाही

Chaupati
safha napa

बैतडी स् सुदूरपश्चिम प्रदेशमा तीन जिल्ला जोड्ने मुख्य बजार बैतडीको खोडपे क्षेत्रमा हर्न निषेध गरिएको छ। खोडपे बझाङ, बैतडी र दार्चुला जोड्ने मुख्य बजारका रूपमा चिनिन्छ।

बजार व्यवस्थापन समिति, जनप्रतिनिधि र प्रहरी सहितको संयुक्त बैठकले हर्न निषेध र सडकमा पार्किङ निषेध गरेको हो।

बजार क्षेत्रमा जथाभावी सवारीसाधनको पार्किङले सवारी दुर्घटनाको जोखिम बढेको भन्दै पार्किङमा रोक र ध्वनि प्रदूषण कम गर्न हर्न निषेध गरिएको खोडपे बजार व्यवस्थापन समितिका अध्यक्ष रामसिंह बिष्टले जानकारी दिए।

योसँगै खोडपेस्थित सडकमा पार्किङ गर्न र प्रेशर हर्न बजाए कारबाही गर्ने निर्णय गरेको हो।

बजार क्षेत्रमा सडक साँघुरो रहेको सवारीसाधन पार्किङले गर्दा दुर्घटनाको जोखिम हुने र बजारमा ठूलो आवाजमा हर्न बजाएर अनावश्यक रूपमा दुःख दिने गरेकाले बजार क्षेत्रमा हर्न बजाउन निषेधित गरिएको जनाएको छ।

यसअघि गत पुस महिनादेखि जिल्ला सदरमुकामस्थित गोठालापानी बजार क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो। निषेधित क्षेत्रमा जथाभावी प्रेसर हर्न बजाउने ४ वटा सवारीसाधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख दशरथ नाथले जानकारी दिए।

यसका साथै गोठलापानी बजारमा हर्न बजाउने ११ वटा सवारीसाधनलाई पहिलोपटक सम्झाइबुझाइ गरेर छोडिएको र दोस्रोपटक पनि बजाएको पाइएपछि ४ वटा सवारीसाधनबाट ५र५ सय जरिवाना गरिएको छ। जिल्लाका अन्य बजार क्षेत्रमा पनि हर्न निषेध घोषणा गर्ने तयारी भएको छ।


१३ माघ २०७९, शुक्रवार १०:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु