रोकिएन अमेरिकामा गोली चल्ने क्रम

न्यूयोर्क-अमेरिकाको आयोभाको एउटा विद्यालयमा गोलि चल्दा दुई जना छात्रको मृत्यु भएको छ ।
उक्त घटनामा विद्यालयका एक शिक्षक पनि घाइते भएका छन् ।
डेस मोइनेस विद्यालयको स्टार्ट्स राइट हियर कार्यक्रमको क्रममा उक्त घटना घटेको हो ।
प्रहरीका अनुसार घटना भएको २० मिनेटपछि एउटा कारबाट तीन आशंकित व्यक्तिहरुलाई पक्राउ गरिएको छ भने एक जना फरार भएका छन् ।
अमेरिकामा दुई दिनमा गोली चलेको यो दोस्रो घटना हो ।
यसअघि, क्यालिफोर्नियामा गोली चल्दा १० जनाको निधन भएको थियो भने १० जना घाइते भएक थिए । मारिनेमा पाँच जना महिला थिए ।
१० माघ २०७९, मंगलवार ०८:३३ बजे प्रकाशित