punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एम्बाप्पे एक्लैले ५ गोल गर्दा पिएसजीको फराकिलो जित

Chaupati
safha napa

पेरिस सेन्ट जर्मेन पिएसजी ले फ्रेन्च कप फुटबलमा पाएस डी कासेलाई फराकिलो अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ।

सोमबार राति भएको खेलमा छैटौँ श्रेणीको पाएस डी कासेललाई ७(० गोल अन्तरले हराउँदै पिएसजी अन्तिम १६ मा प्रवेश गरेको हो।

पिएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गर्दा नेइमार र कार्लोस सोलेरले थप १(१ गोल गरेका थिए।

खेलको २९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा नेइमारले अग्रता दोब्बर पारे। त्यसको १ मिनेटपछि एम्बाप्पेले अग्रता तेब्बर पारे। ४० औं मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पुरा गर्दा पिएसजी ४(० ले अघि रह्यो।

एम्बाप्पेले दोस्रो हाफमा थप २ गोल गर्‍यो। ५६ र ७९ औँ मिनेटमा थप दुई गोल गर्दै उनले ५ गोल पूरा गरेका थिए। एम्बाप्पे एकै खेलमा ५ गोल गर्ने पिएसजीको पहिलो खेलाडी समेत बने। थप अर्को गोल कार्लोस सोलेरले ६४ औँ मिनेटमा गरेका थिए।


१० माघ २०७९, मंगलवार ०८:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु