गौरीफन्टा नाकामा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन

कैलाली । सिमानाकाबाट हुने लागु औषध तस्करी र विस्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न    गौरीफन्टा नाकामा तालिम प्राप्त दुई वटा कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।

नेपाल प्रहरीको आकस्मिक चेकजाँच गर्ने कार्यअन्तर्गत तालिम प्राप्त कुकुरसहित नेपाल प्रहरी र ट्राफिक प्रहरी त्रिनगर नाकामा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएकाे छ।

No description available.

जुनसुकै समयमा तस्करी हुनसक्ने सम्भावित क्षेत्रमा खटिएर सर्च र खोजतलास गर्ने टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालले बताए ।
प्रहरी उपरीक्षक पालले जिल्लाका अन्य ठाउँमा पनि तालिमप्राप्त कुकुरसहित लागु औषध नियन्त्रण र तस्करी रोक्न प्रहरीले किन्तु, परन्तु नभनेर प्राप्त जिम्मेवारी इमानदारीपूर्वक बहन गर्ने बताएका छन्।

No description available.


९ माघ २०७९, सोमवार १८:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु