punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मसुरियामा पहिलो पटक कपडा बैङ्कको स्थापना

Chaupati
safha napa

कैलालीको गौरीगङ्गा नगरपालिका वडा नम्बर ७ मसुरिया पहिलो पटक कपडा बैङ्कको स्थापना गरिएको छ। विपन्न समुदायका व्यक्तिका लागि निःशुल्क रुपमा कपडा प्रदान गर्ने उद्देश्यले कपडा बैङ्क स्थापना गरिएको हो।

मसुरिया क्षेत्रका अग्रज व्यक्तिहरूले मसुरिया कपडा बैङ्क स्थापना गर्नु भएको हो मसुरिया बजारमा रहेका पुरानो साझा संस्थानको हल बाट कपडा बैङ्क स्थापना गरिएको हो । प्रयोगमा आएका तथा सफा कपडा बैङ्कमा राखेर गरिबलाई निःशुल्क रुपमा वितरण गरिनेछ।
मौसम अनुकूल र दैविक जोखिममा परेका व्यक्तिहरु एक न्यानोबाट वञ्चित हुन नपरोस् भनेर अभियान सञ्चालन गरिएको सञ्चालन समितिका अध्यक्ष हरि जोशीले बताए । आफूसँग बढी भएको लुगा कपडा बैङ्कलाई प्रदान गरेर सहयोग गर्न समेत उनले आग्रह गरेका थिए ।

कपडा बैङ्कको उद्घाटन गर्दे संविधानसभा सदस्य कृष्ण कुमार चौधरी कुन्दन ले मानव धर्मको कार्य गरेकोमा धन्यवाद दिदै मसुरिया क्षेत्र चिनाउन र गरिब असक्त दैविक जोखिममा परेका व्यक्तिहरूलाई यस्तो अभियानले उनीहरुको जीवनयापनमा सहज हुने बताए।


९ माघ २०७९, सोमवार १९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु