जीपको ठक्करबाट एकजनाको मृत्यु
अर्घाखाँचीको शितगंगा नगरपालिका–४ मा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्थानीय ७० वर्षीय ज्ञानबहादुर नेपालीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा ठाडास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जनाइएको छ ।
अर्घाखाँचीकै भेडामारेबाट अमराईतर्फ आउँदै गरेको लु३च ३३२० नम्बरको जीपले आज बिहान करिब साढे ९ बजे उनलाई ठक्कर दिएको थियो । उक्त जीपसहित चालकलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिएको छ ।
२८ पुस २०७९, बिहीवार १३:४८ बजे प्रकाशित































