punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्धारित समय भित्रै सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्ने एमालेको तयारी

Chaupati
safha napa

कैलाली ।आज निर्धारित समय भित्रै मुख्यमन्त्रीमा दाबी पेस गर्ने सुदूरपश्चिममा एमालेले तयारी गरेको छ ।

प्रदेश प्रमुख देवराज जोशीले दलहरूलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय आज साझ सकिँदै छ । त्यो भन्दा अघि नै एमालेले संसदीय दलका नेता राजेन्द्र रावललाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखलाई दाबी पेश गर्ने तयारी छ ।

सत्ता गठबन्धन भित्र एमालेको भागमा परेको सुदूरपश्चिममा एमालेले प्रदेश प्रमुखले दिएको समय भित्रै दाबी पेस गर्ने तयारी गरिरहेको प्रदेश सभा सदस्य धर्म पाठकले जानकारी दिए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्न २७ सांसद आवश्यक हुन्छ । केन्द्रमा सत्ता गठबन्धनमा रहेका एमाले माओवादी नागरिक उन्मुक्ति र राप्रपा मिल्दा सुदूरपश्चिम प्रदेशमा सांसदको संख्या २९ हुन्छ ।

उहाँ माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन्
यी चार दलको समर्थनमा एमालेले आजै दाबी पेश गर्ने तयारी गरेको हो ।


२७ पुस २०७९, बुधवार ०६:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु