डडेल्धुरामा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु
करेन्ट लागेर डडेल्धुरामा एक कर्मचारीको मृत्यु भएको छ ।
भागेश्वर गाउँपालिका–४ आर्कुडाका बस्ने ४२ वर्षीय सुन्दरसिंह भाटको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । भाटलाई घर नजिकैको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लागेको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको हो । उनी नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुरा मातहतको बगरकोट सव स्टेशनमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए ।
२६ पुस २०७९, मंगलवार ०९:५३ बजे प्रकाशित































