punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल–अमेरिका संयुक्त सैन्य अभ्यास सुरु

Chaupati
safha napa

काठमाडौँ — नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैनिक अभ्यास सुरु भएको छ । छाउनीस्थित महावीर योजना तथा समन्वय महाशाखामा सोमबार दुई मुलुकका सेनाबीच ‘एक्स–टेक नेल’ को आरम्भ गरिएको हो ।

सेनाका अनुसार विशेष फौज बाहिनीपति सहायक रथी भुवन खत्रीको उपस्थितिमा सोमबार शुभारम्भ भएको संयुक्त अभ्यासमा नेपाली सेनाका ४५ जना तथा अमेरिकी सेनाका १९ सैनिक सहभागी छन् ।

माघ २० सम्म चल्ने उक्त संयुक्त अभ्यासमा उच्च क्षेत्रमा गरिने उद्धार, कम्ब्याट खोज र उद्धार, हवाई उद्धार, हाई अल्टिच्युट उद्धारलगायत विषयहरु समावेश गरिएको सेनाले जनाएको छ ।

‘यस किसिमको संयुक्त अभ्यासबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजमा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार सम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि हुनुका साथै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


२६ पुस २०७९, मंगलवार ०९:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु