punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घोडाघोडीमा आगन्तुक चराको चहलपहल बढ्दै

Chaupati
safha napa

कैलाली कैलालीको घोडाघोडीमा हिउँदे आगन्तुक चराको चहलपहल बढेको छ।

हजारौँ किलोमिटर यात्रा तय गरेर हरेक वर्षजसो आउने हिउँदे आगन्तुक जलपन्छीले कैलालीका सिमसार तथा तालतलैया क्षेत्र ढाक्न थालेको छ। जाडो छल्नका लागि साइबेरियाबाट हाँस प्रजातिका विभिन्न प्रकारका जलपन्छी कैलाली आउने गरेका छन्।

साइबेरियालगायत उत्तरी क्षेत्रमा अत्यधिक जाडो भएपछि विभिन्न प्रजातिका चरा जाडो छल्न हिउँदमा यहाँ आउने गर्छन्। घोडाघोडीसहित विभिन्न तालमा मरुल हाँस, खरखरे, हरियो टाउके, सिन्दुरे हाँससहित ठूलो जलेवा आउने गरेका छन्। चराविद् हिरूलाल डङ्गौराका अनुसार हाँस प्रजातिका हिउँदे आगन्तुक चरा छ हजारभन्दा बढी किलोमिटर दूरी पार गरेर साइबेरियाबाट कैलाली आएका हुन् तर यी जलपन्छी यहाँ आउने क्रममा विभिन्न ठाउँमा बस्दै आइपुग्ने गर्छन्। यसैगरी चीन, तिब्बततिर प्रजनन गर्ने ठूलो जलेवा जाडो यामभरि यहाँका सिमसारमा रमाउने गर्दछन्।

घोडाघोडीसहित नकरोड, महादेवा, लौकाहा–भौकाहा, चिरैयाँ, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेह्टा, घोडतालसहित कर्णालीको तल्लोतटीय क्षेत्रमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक चरा रहेका जनाइएको छ।

कैलालीसहित कञ्चनपुरमा रहेको सिमसार क्षेत्रमा आएका आगन्तुकसहित जलपन्छीको हरेक वर्ष गणना पनि हुँदै आएको छ। पुस २३ देखि माघ ८ गते ९जनवरी ७ देखि २२ सम्म० जलपन्छीको गणना हुने कार्यक्रम रहेको जनाइएको । दुवै जिल्लाको मुख्य तालतलैयादेखि लिएर कर्णाली नदीको तल्लोतटीय क्षेत्रसम्म हिउँदे आगन्तुक चरा र जलपन्छीको गणना हुने छ,

कैलालीमा ४९६ प्रजातिका चरा पाइने गरेका जनाइएको छ। जसमध्ये राज लाहाँचे, डङ्गर गिद्ध, गरुडलगायत विश्वबाटै लोप हुने अवस्थाका चरा पनि यहाँ रहेका छन्। यसैगरी नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा ३६० प्रजातिका चरा पाइने गर्छन्।


२२ पुस २०७९, शुक्रवार १२:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु