punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घोडाघोडी नगर फुटबल समिति अध्यक्षमा शाही

Chaupati
safha napa
कैलाली । कैलालीको घोडाघोडीमा नगर फुटबल तदर्थ समिति गठन गरिएको छ ।  आज एक कार्यक्रमका बिच गणेश शाहीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा छत्र बुढा र रोहित बहादुर साउँद रहेका छन् ।
त्यस्तै सचिवमा अमित बोगटी, कोषाध्यक्षमा कल्पना विष्ट, सहसचिवमा प्रेम कैनी र लोकेन्द्र बहादुर शाही रहेका छन् ।
समितिको सदस्यमा नारायण श्रेष्ठ,आयुष जोशी, दीपक बोहरा, बलराम खत्री, विवेक शाही,  लाल बहादुर चौधरी, धिरज भन्डारा, वीर बहादुर रावल, योगेश चौधरी, गोपी शाही, खेमराज बम,दीपेन्द्र गौतक , किरण विष्ट, नरेन्द्र कठायत र चक्र थापा रहेका छन् ।
कैलाली जिल्ला फुटबल संघका जिल्ला सदस्य होम तामाङको संयोजकत्वमा नगर स्तरीय तदर्थ समिति गठन गरिएको हो । घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावत, उपप्रमुख गुलिया देवी चौधरी र शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंहको उपस्थितिमा समिति गठन गरिएको थियो ।
समितिका सदस्य तथा पदाधिकारीहरूलाई शुभकामना र बधाई दिँदै नगर प्रमुख रावतले आगामी दिनमा खेलाडीहरूका लागि विभिन्न कार्यक्रमहरू ल्याउने आश्वासन दिए । जिल्ला फुटबल संघका जिल्ला सदस्य तामाङकाले नव निर्वाचित अध्यक्ष शाहीलाई माइनेट हस्तान्तरण समेत गरेका थिए ।
No description available.

३ पुस २०७९, आइतवार १४:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु