punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रहरी घेरा तोडेर भागेका लागुऔषध प्रयोगकर्ता पुनः पक्राउ

Chaupati
safha napa

काठमाडौँको बागबजारबाट नियन्त्रणमा लिएपछि प्रहरीको घेरा तोडेर भागेका थुनुवा पुनः पक्राउ परेका छन् । झापाको तोपगाछी नगरपालिका–१ घर भएका ४० वर्षीय राजेन्द्र थापालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पुस १ मा पक्राउ गरेको थियो । थापा लागुऔषध प्रयोगकर्ता हुन् ।

पक्राउ परेपछि प्रहरीलाई उनले भने काठमाडौँमा धेरै लागुऔषध कारोबार भइरहेको सूचना मसँग छ । उनको सुराकलाई विश्वास गरेर प्रहरीले उनलाई नै ‘एम्बुस’को रूपमा प्रयोग गरे । लागुऔषध कारोबार भइरहेको ठाउँ देखाउँछु । भनेर उनले प्रहरीलाई गौशालास्थित बत्तिसपुलतीमा लगे । शनिबार त्यहाँ पुगेपछि प्रहरीको आँखा छलेर उनी भागे ।

प्रहरी वृत्त सिंहदरबारका डिएसपी गोविन्द पुरी नेतृत्वको टोलीले उनलाई शनिबार राति नै पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृत भन्छन्–‘प्रहरीको घेरा तोडेर भागेका राजेन्द्र थापा कोटेश्वर क्षेत्रबाट पक्राउ परेका हुन् ।

काठमाडौँ महानगरपालिका–२८ बाजबजारबाट पहिलोपटक पक्राउ परेका उनी दोस्रोपटक नरेफाँटबाट पक्राउ परेका हुन् । उनीबिरुद्ध प्रहरीले लागुऔषध सेवन गर्न नहुने कसुरमा मुद्दा चलाएको छ ।


३ पुस २०७९, आइतवार १४:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु