एमाले गोदावरी उपाध्यक्षमा सिंह मनोनीत
नेकपा एमाले गोदावरी नगर कमिटी को उपाध्यक्ष मा सन्तोष सिंहलाई मनोनीत गरिएको छ ।
आज बसेको नगर कमिटीको बैठकले सिंहलाई उपाध्यक्ष बनाएको हो ।
स्थानीय निर्वाचन मा गोदावरी ४ बाट स्वतन्त्र उम्मेदवारी दिएपछि अधिवेशनबाट चयन भएका उपाध्यक्ष बल बहादुर चौधरीलाई पार्टीले कारबाही गरेपछि उक्त पद खाली रहेको थियो ।
१७ मंसिर २०७९, शनिवार १७:१५ बजे प्रकाशित































