पुष्प शाह : जोसँग हारे,उनैलाई हराए, २३ बर्ष पछि अछाम २ मा कांग्रेस विजयी
अघिल्लो पटक प्रतिनिधि सभामा पराजित भएका कांग्रेस अछामका सभापति पुष्प बहादुर शाह यस पटक सोही क्षेत्रबाट निर्वाचित भएका छन् । शाह अछाम क्षेत्र नम्बर २ बाट ६ हजार ८४० मतान्तर सहित शाह विजयी भएका हुन् ।
शाहले यस पटक अघिल्लो पटक आफुलाई पराजित गर्ने एमालेका यज्ञ बहादुर बोगटीलाई पराजित गरेका हुन् । सत्ता गठबन्धनका दलको समर्थनमा शाहले २२ हजार ९५४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बोगटीले १६ हजार ११४ मत प्राप्त गरे ।
अघिल्लो पटक बोगटी सँग शाह २ हजार ८ सय ५९ मतले पराजित भएका थिए । बोगटीले २१ हजार ९६५ मत पाएर विजयी हुँदा शाहले १९ हजार १०६ मत पाएका थिए ।
२०५६ मा नेपाली काँग्रेसको तर्फबाट रामबहादुर विष्ट विजयी भएका थिए त्यसपछि उक्त क्षेत्रमा कांग्रेस विजयी हुन सकेको थिएन ।आफूलाई अघिल्लो पटक पराजित गर्ने उम्मेदवारलाई नै पराजित गर्दै शाहले २३ बर्ष पछि कांग्रेसलाई अछाम २ मा विजयी गराएका हुन् ।
७ मंसिर २०७९, बुधवार २०:४४ बजे प्रकाशित































