punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खोलामा पौडी खेल्दा बेपत्ता तीनजना बालकको शव फेला

Chaupati
safha napa

मकवानपुरको हेटौँडामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनजना बालक मृत फेला परेका छन् । हेटौंडा ५ र ७ को सिमाना न्युरेनी नजिक कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ जना बालक मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार करिब ६ बजे साँझ पौडी खेल्न गएका ३ जना बालक डुबेर बेपत्ता थिए । प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा बालकहरु डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अनुसार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका बालकहरुमा हेटौंडा-१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही वडाका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तान रहेका छन् ।

 


७ असोज २०७९, शुक्रवार २१:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु