punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एलपीएलको टिकेटिङ्ग पार्टनर आईएमई डिजिटल सोलुसन

Chaupati
safha napa

कैलालीको धनगढीमा आगामी कार्तिकमा सञ्चालन हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको टिकेटिङ्ग पार्टनर आईएमई डिजिटल सोलुसन लिमिटेड रहने भएको छ ।

आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र आईएमई डिजिटल सोलुसन लिमिटेडका सुदूरपश्चिम इन्चार्ज जगदीश अवस्थीबिच आज उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

आसन्न संस्करणदेखि एलपीएलमा लानुहुने टिकटको सम्पूर्ण व्यवस्थापन आईएमई पे मार्फत गरिने छ । एलपीएलको सातौँ संस्करण आगामी कार्तिक १३ गतेदेखि धनगढीमा सञ्चालन हुने छ । सातौँ संस्करणमा देशभरका १० विद्यालय स्तरीय टिमलाई सहभागी गराइने शाहीले बताए । प्रत्येक टिमले ४ जना खेलाडी यु–१९ उमेर समूहका विद्यालय बाहिरका समेत राख्न पाउने व्यवस्था छ ।

सातौँ संस्करणको विजेताले २ लाख ५१ हजार १ सय ५१ तथा उपविजेताले १ लाख २५ हजार १ सय २५ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याट्सम्यान र बलले जनही १५ हजार, उदीयमान खेलाडीले ७ हजार ५ सय तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 


१ भदौ २०७९, बुधवार १४:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु