punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा हरेरी महोत्सव हुने

Chaupati
safha napa

धनगढीमा हरेरी महाेत्सव हुनेभएकाे छ ।”भाषा, संस्कृति, कला, भेष हमार पहिचा, हरेरी महाेत्सव मनैना सक्कु किसानक अभियान । हरियर खेती, हरियर वन, हरियर मैदान बनाई । दहिया, महिया, किराकाटी, गांधी, फटिङ्गासे विउबाली बचाई” भन्ने नाराका साथ हरेरी महाेत्सव २०७९ हुने भएकाे हाे ।

धनगढी उपमहानगरपालिका-५, जाँँई गाउँँस्थित थारू देउथानमा महाेत्सव हुने पत्रकार सम्मेलन गर्दै आयोजकले जनाएको छ ।
भाेलीबाट सुरू हुने महाेत्सव ३१ गतेसम्म सञ्चालन हुने जाँई गाउँका भलमन्सा कुलबिर चाैधरीले बताए ।

जडिबुटीबाट निर्माण गरेकाे औंषध हालेपछि धानबालीमा लागेकाे किराकाँटी नष्ट हुने र उब्जाउ बढी हुने स्थानीय विनय चाैधरीले बनाए । “अहिले विभिन्न थरीका औंषधी आएका छन्” विनयले भने, “तर, हामी थारू समाज भने गुरूवा-केसाैकाले जडिबुटीबाट बनाएकाे औंषधी छर्केर धानबाली सुरक्षीत गर्छाै ।”

“आज देवाल जाग्ने (रातभर जाग्राम बस्ने) र राति दुई वटा दियाे बालिन्छ र गुरूवाले मन्तरले जाेडिन्छ” विनयले भने, “भाेली त्रासन ठाेकेर गुरूवाले मन्तर फुकेपछि महाेत्सव सुरू हुन्छ ।”

‘६ लाख बढी खर्च लाग्ने अनुमान गरिएकाे छ’ थारू देउथानका सचिव रामप्रसाद चाैधरीले भने, ‘गाउँमा १७८ घर छन्, हरेक घरबाट ५०० का दरले उठाउदै छाै । बाँकी बाहिरबाट जाेहाे गरिरहेका छाैं ।” २०७३ सालदेखि जाँई गाँउमा हरेरी महाेत्सव मनाउन थालिएकाे हाे ।


२७ साउन २०७९, शुक्रवार १७:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु