धनगढीमा पार्कीङ्ग गरेको ट्रेक्टरमा आगजनी

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी भएको छ । मंगलबार राती धनगढी वडा नम्बर ६ जालीका करण चौधरीको घर अगाडी राखेको ट्रेक्टरमा नचिनेका समुहबाट आगजनी भएको हो ।

नयाँ अनटेष्ट लेखिएको ट्रेक्टरको जलेर बाहिरी भाग नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रबक्ता प्रहरी नायव उपक्षिक बेदप्रकाश जोशीले जानकारी दिए । निर्माण व्यबसायी समेत रहेका करण चौधरीको संगै रहेका अन्य सवारी साधन भने आगलागी हुनबाट जोगिएको बताईएको छ ।

राती एक्कासी ट्रेक्टरमा आगजनी भएको देखेपछि छिमेकी र स्थानीयको सहयोगबाट आगलागी नियन्त्रणमा आएको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान भई आगजनी व्यक्तीको खोजि कार्य भैरहेको छ । आगजनी गर्ने जंगल क्षेत्रबाट आएको र आगजनी गरेको सिसि टिभी फुटेजमा देखिएको छ ।


२५ साउन २०७९, बुधवार १४:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु