बझाङमा एकै घरका ३ जना मृत फेला
बझाङमा एकै घरका तीन जना मृत फेला परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका ९ रारुमा एकै परिवारका आमा, छोरा र छोरी मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार करिव २२/२३ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहीत पार्की झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
उनीहरु तीनै जना एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले मर्निङ बेललाई बताए । गएराति मृतक गीताका श्रीमान् पुष्कर पार्की पनि भारतबाट घर आएको प्रहरीले जनाएको छ ।
इकाला प्रहरी कार्यलय बुङलबाट केशव भट्टको कमाण्डमा ४ जनाको प्रहरी टोली घट्ना स्थलमा खटिएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।
‘हामी घट्ना स्थल तर्फ हिडेका छौ, घट्ना स्थल पुग्न अझै २, ३ घण्टा लाग्छ, मृतकका श्रीमानलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ,’ उनले भने । घटना स्थलमा प्रहरी खटिएको र त्यहाँ पुगेपछि थप कुरा खुल्ने प्रहरी निरीक्षक अवस्थीले बताए ।
२५ साउन २०७९, बुधवार १३:५३ बजे प्रकाशित































