‘मङ्सिर ४ गतेकाे निर्वाचनबाट देशले ४० वर्षमुनिका प्रधानमन्त्री र मन्त्रीहरू पाउँछ’

प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध संसदीय चुनाव लड्न लागेका सागर ढकालले यतिबेला निर्वाचनको तयारी गरिरहेका छन्।सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेसँगै उनले आफू तीव्र भएर चुनावको बाँकी तयारीमा लागेको बताएका छन्।
उनले सामािजक सञ्जाल फेसबुकमा लेखेका छन्, मङ्सिर ४ गते निर्वाचनको घोषणा भएको छ । आशा छ, अधिकांश युवा नै संसदमा जानेछन्, र देशले नयाँ, क्षमतावान्, योग्य ४० वर्षमुनिकै प्रधानमन्त्री र मन्त्रीहरू पाउँनेछ।’
उनले हाल सरकारमा रहेकाहरूले व्यवस्था परिवर्तन गरेकाे भएपनि अब अवस्था परिवर्तनको लागि ४० मुनिका योग्य युवाकाे आवश्यक भएकाे बताएका छन्।
‘व्यवस्था परिवर्तनका लागि हजुरबुबा, हजुरआमा, बुबा, आमालाई धेरै-धेरै धन्यवाद। अब अवस्था परिवर्तनको लागि हामी ४० मुनिका योग्ययुवा आएका छौं। सबैको साथ र सहयोगले नै देशको अवस्था परिवर्तन गर्न सकिनेछ। साथ दिनुहोला।’ उनले लेखेका छन्।
२० साउन २०७९, शुक्रवार १५:५५ बजे प्रकाशित