कैलालीमा चक्कु प्रहारबाट एक युवक घाइते

कैलालीमा बिधार्थीबिच झगडा हुँदा चक्कु प्रहारबाट एक जना घाइते भएका छन् ।
जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पसमा अध्ययनरत बिधार्थीहरुबिच झगडा भएको हो । सुखडदेखी मसुरिया बसमा आउने क्रममा बिवाद हुँदा चक्कु प्रहार हुँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका ८ बढैपुरका २२ बर्षीय इडेन जगं सुनारलाई कलेज सुखड देखी ना ५ ख ३०८ न को बसमा घर तर्फ जादै गरेको क्रममा सोही कलेजमा पढ्ने युवाहरुले चक्कु प्रहार गरेका हुन् ।

गौरीगंगा ९ का २३ बर्षीय सुनिल आउजी, गौरीगंगा ५ का २१ बर्षीय पुष्कर भाट र अन्य नाम नखुलेका २ जनाले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । इडेन जगं सुनारको दाहिने खुट्टा, दाहिने हात र घाँटिमा चोट लागेका र अवस्था मध्यम रहेको छ ।

यस्तै बसमा सवार बर्दगोरीया १ का जुद्धबहादुर साउदलाई झगडा मिलाउने क्रममा सामान्य चोट लगेको प्रहरीले जनाएको छ । दुबै जनाको पोलेकिलिनक पहलमानपुरमा उपचार भइरहेका छ । फरार रहेका अन्य २ जनाकोे खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 


१८ साउन २०७९, बुधवार १८:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु