सुदूरपश्चिम सुनचाँदी व्यवसायी संघका अध्यक्ष पक्राउ

मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका २ जना सुन व्यवसायमा संलग्न रहेको खुलेको छ । सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघका अध्यक्ष सन्तोष लामिछाने र उनकी श्रीमती मीना सिजापति लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

कैलालीका लामिछानेमाथि यसअघि पनि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो ।

अहिले सुनचाँदी व्यवसायीहरुको टोलीसँग उनी मुम्बई घुम्न जान लागेका थिए । त्यही बेला कैलाली प्रहरीले प्रधान कार्यालयमा जानकारी गराएको थियो । जहाज उड्न लागेको बेलामा प्रहरीको विशेष ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो ।


१८ साउन २०७९, बुधवार १८:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु