punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विद्युत्‌को समस्या समाधान गर्न मुख्यमन्त्री भट्टको निर्देशन

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा देखिएको विद्युत्‌को समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री भट्टलाई यहाँका नागरिकले आज दिपायल राजपुरमा भेट गरी डोटीमा दैनिक विद्युत् अनियमितता भइरहेको गुनासो गरेपछि नेपाल विद्युत् कार्यालय डोटी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवलाई मुख्यमन्त्री भट्टले विद्युत्‌को समस्या छिटोभन्दा छिटो समाधान गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री भट्टले प्रमुख देवलाई विद्युत् अनियमितताको समस्या तत्काल समाधान गर्न र जटिल खालका समस्या भए प्रदेश कार्यालयमा लेखी पठाउन निर्देशन दिएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव सिवसिंह ओलीले जानकारी दिए । उनले समग्र जिल्लाको विद्युतीय प्रशारणको अवस्था, विद्युत्‌को केन्द्रीय लाइन विस्तारको अवस्थाका बारेमा पनि जानकारी लिएका थिए ।

मुख्यमन्त्री भट्टले डोटीमा विद्युत् विस्तार हुन नसकेका पालिकामा तत्काल विद्युत्‌को लाइन विस्तारका लागि पहल थाल्नुपर्नेमा जोड दिएका छन् । विद्युत् सेवा प्राप्त गरेका सेवाग्राहीले विद्युत्‌को मासिक शुल्क तिर्न मासिक शुल्क रकमभन्दा बढी रकम यातायातमा नै खर्च गर्नुपर्ने अवस्थाको विषयमा पनि सेवाग्राहीलाई सहज हुने गरी गाउँमै रकम बुझाउने गरी आवश्यक व्यवस्था मिलाउन भनेका छन् ।

डोटीमा विद्युत्‌मा हुँदै आएको अनियमितता तथा अन्य समस्याका विषयमा समाधान गरीने विद्युत् कार्यालयका प्रमुख देवले बताए ।

 


१७ साउन २०७९, मंगलवार २१:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु