punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोहन्यालमा बाघको आक्रमणबाट २१ बाख्रा मरे

Chaupati
safha napa

कैलालीमा बाघको आक्रमणबाट २१ बाख्रा मरेका छन् । सोमबार साँझ मोहन्याल गाउँपालिका वडा नम्बर –७ कुईने गाउँमा रहेको कालिका सामुदायिक वन नजिक बाघले आक्रमण गर्दा २१ बाख्रा मरेका हुन् ।

कालिका सामुदायिक वनको सरंक्षण क्षेत्र भित्र घरबाट बाख्रा चराउन लगेको अवस्थामा बाघले बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।

कुईने बस्ने धर्म राज मिजारका ६ वटा खसी र ४ वटा बाख्रा, नविन बडुवालका ४ बोका र ४ बाख्रा, पहिला बिटालुका २ वटा बाख्रा, सावित्रा बडुवालको १ बाख्रा गरि २१ वटा बाख्रा बाघले मारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 


१७ साउन २०७९, मंगलवार १३:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु