अपांगता भएका महिला तथा सरोकारवालाका लागि पहुँचयुक्त आघात सुसूचित हेरचाहमा जोड

अपांगता भएका महिला तथा सरोकारवालाका लागि पहुँचयुक्त आघात सुसूचित हेरचाहमा जोड दिइएको छ । धनगढीमा ५ दिन देखि सन्चालन भएको कार्यक्रममा पहुँचयुक्त आघात सुसूचित हेरचाहमा जोड दिइएको हो ।   कञ्चनपुरको कृष्णपुर नगरपालिकाका न्यायिक समिति सदस्य रत्ना बोहराले महिलाहरू धेरै किसिमका हिंसामा पर्दै आएको बताएकी छन् । ‘अहिले पनि महिला हिंसाकै केश बढी आउँछन्, तर घरपरिवारका कारण उनीहरू सहेर बस्ने गरेका छन्, आएका केशमा पनि मिलापत्र नै हुने गरेको छ,’ उनले भनिन् । मिलापत्रले मात्रै पनि हिंसा बढ्दै गएको उनले बताइन् ।
यस्तै महिलाहरूमा पर्ने समस्या र त्यसको व्यवस्थापन स्वयम उनीहरुले गर्न नसक्दा बिभीन्न घट्नाहरु समाजमा घट्दै गएको देखिन्छ ।

इलाका प्रहरी कार्यालय सुक्खडका प्रहरी सहायक हवलदार पूर्णिमा चौधरीले महिला हिंसा बढ्दै जानुमा पितृ पितृसत्तात्मक सोच हुनु भएको बताएकी छन् । यस्ता सोच परिवर्तन गर्न बिभीन्न समयमा तालिम तथा कार्यक्रम गर्न आवश्यक रहेको उनले बताइन् । महिला तथा अपांगता भएका मानसीलाई पर्न गएका समस्या समयमै व्यवस्थापन गर्न नसक्दा उनीहरुले धेरै नै समस्या झेल्दै आएको उनले बताइन् ।

No description available.

नेपाल अपाङ्ग महिला सङ्घका कार्यक्रम संयोजक अनिता ढुङ्गानाले अपांगता भएका ब्याक्ति विशेष गरी महिलालाई एकदमै समस्या रहेको बताइन् । उनीहरूलाई पर्ने हिंसाको सुनुवाइ तथा उनीहरुले पाउनुपर्ने परामर्श नपाउँदा शारीरिक समस्यासङे मासीक समस्या झेल्दै आएका छन् । कतिपयले आफ्ना समस्या भन्न नसक्ने अवस्थाका ब्याक्तिहरुका पनि समस्या सुन्ने निकाय हुनुपर्ने उनले बताइन् ।

राष्ट्रिय अपांगता महासङ्घ सुदूरपश्चिम प्रदेश संयोजक मान बहादुर साउदले मानिसहरूले आफूलाई व्यवस्थापन गर्न नसक्दा धेरै मानिसहरूमा मानसिक समस्या बढ्दै जाने बताएका छन् । नेपाल अझै ७० प्रतिशत महिलाहरू डिप्रेसनमा गइरहेको उनले बताए । ‘धेरै महिला डिप्रेसनको सिकार भइरहेका छन्, अझै पनि बिकटका महिला बाहिर आउन सकेका छैनन् यसमा हामीले ध्यान दिनुपर्छ,’ उनले भने । त्यसैले यसको व्यवस्थापनमा सरोकार बला निकायले ध्यान दिन आवश्यक छ ।

यस्तै धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्द कला रानाले महिला अपांगता भएका महिला दलित तथा ज्येष्ठ नागरिकका लागि नीति नै बनाएर अघि बढी रहेको बताएकी छन् । ‘अघिल्ला दिनमा जे जस्ता समस्या भएपनि अव भने विकास र सुशासन सँगसँगै लगेर जानेछौ, नीति नै बनाएर अघि बढी रहेका र्छा,’ उनले भनिन् । समाजमा जतीपनि कुरीति छन् तिनलाई हामीले आफैँबाट हटाउन जरुरी रहेको उनले बताइन् । त्यस्तै आफूलाई पर्ने समस्यालाई खुलेर बाहिर ल्याउन अनुरोध गरेकी छन् ।

No description available.

कार्यक्रममा कैलाली, कञ्चनपुर, डडेलधुरा र अछाम गरी ४ जिल्लाका २३ जना महिलाको सहभागिता रहेको थियो । दलित, अपांगता भएका महिला, न्यायिक समिति सदस्य तथा महिला प्रहरीको सहभागिता कार्यक्रममा रहेको थियो ।कार्यक्रमको सहजीकरण मनोपरामर्शकर्ता तथा रिर्सोस पर्सन कन्चन राउतले गरेकी हुन् ।


१६ साउन २०७९, सोमवार १९:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु