गुरही पर्वको अवसरमा कैलारीमा भोलि सार्वजनिक बिदा

कैलालीको कैलारी गाउँपालिकाले साउन १७ गते सार्वजनिक बिदा दिने भएको छ । थारु समुदायको गुरही पर्वको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिन लागेको हो ।

सोमबार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले गुरहीको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मंगलबार बिदा दिने आज सूचना जारी गरी जानकारी दिएको छ ।

गुरहीको दिन गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा बिदा रहने जनाइएको छ । गुरही थारु समुदायको पहिलो पर्व हो ।  कैलारी गाउँपालिकामा ९० प्रतिशत भन्दा बढी थारु समुदायका मानीसहरु बसोवास गर्छन् ।


१६ साउन २०७९, सोमवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु