कैलालीमा बसको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु

कैलालीमा बसको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । सोमबार साँझ जिल्लाको गौरीगंगा न.पा. १ चौमाला बुहमुखी क्याम्पस नजिक पुर्वबाट पश्चिमतर्फ तर्फ जाँदै गरेको ना ६ ख ९६९३ न. को सुदुर पश्चिम यातायातको बसले बिपरित दिशा तर्फ आउदैँ गरेको (दुध बोकेको) साईलकल यात्रीलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट जिल्लाको गौरीगंगा न.पा. २ कटान बस्ने बर्ष ४६ का खडक थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

घाइते थापाको आज बिहान उपचारकै क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ । धनगढीका बर्ष ४३ का चालक दीप श्रेष्ठ र बसलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।


३ साउन २०७९, मंगलवार ०९:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु