कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–९ का रमेश धामीको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार सुदूरपश्चिम प्रदेश ०२००३प४३५७ नम्वरको मोटरसाइकल अनियन्त्रित हुँदा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका धामीको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जनाएको छ ।

 


३ साउन २०७९, मंगलवार ०८:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु