सरकारले फिर्ता लियो नागरिकता विधेयक

सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ फिर्ता लिएको छ । आजको प्रतिनिधिसभा बैठक अन्तर्गत सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक फिर्ता लिएका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ गते यो विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएको थियो । वर्तमान सरकारले अर्को विधेयक ल्याउनेगरी प्रतिनिधिसभामा विचाराधीन रहेको उक्त विधेयक फिर्ता लिएको जनाएको छ ।


२४ असार २०७९, शुक्रवार १६:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु