वैवाहिक बन्धनमा बाँधिए नीता र हरिहर
अभिनेत्री नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारी आज वैवाहिक बन्धनमा बाँधिएका छन्।
चार वर्षदेखि प्रेममा रहेका हरिहर र नीताले नजिकका सीमित आफन्तका बीच बिहे गरेका हुन्।
नीता र हरिहरले आफ्नो वैवाहिक समारोहमा सञ्चारकर्मीलाई निम्ता गरेनन्। आफ्ना नजिकका आफन्त र चलचित्रकर्मीलाई मात्रै बोलाएको उनीहरुको विवाहमा पुराना अभिनेता सरोज खनाल पुगेका थिए।
विवाहअघि नीता र हरिहरले मनाएको मेहन्दी तथा संगीत पार्टीमा रेखा थापा, अनु थापालगायत चलचित्रकर्मीले सहभागीता जनाएका छन्। विवाहलगत्तै नीता र हरिहर फिल्म छायांकनमा निस्कने तयारीमा छन्।
२४ असार २०७९, शुक्रवार १५:३८ बजे प्रकाशित













