रामेछापमा बस दुर्घटनामा परी ९ जनाको मृत्यु, २४ घाइते

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। रामेछापको सुनापथी गाउँपालिकाको हिलेदेवीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८३९६ नम्बरको बस खाँडादेवि गाउँपालिका–१ को लुभुघाटमा दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेहरुमध्ये पाँच जना पुरुष र चार जना महिला रहेका रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार तामाङले बताए।  दुर्घटनामा अन्य २४ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

 


२१ असार २०७९, मंगलवार १४:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु