तोलामा एक सय रुपैयाँ बढ्यो सुनको मूल्य
मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । नेपाली बजारमा मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारका दिन सोमबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँ रहेको थियो । त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम हुन गएको छ
यसैगरी, मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
२१ असार २०७९, मंगलवार १४:०९ बजे प्रकाशित












