दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टिम भारत जाँदै
भारतको जयपुरमा आयोजना हुने आईएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली सोतोकान (एसकेडियुएन) का टोली आज (शुक्रबार) बिहान त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
भारत जाने टोलीलाई बिहीबार नै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राखेपमा बिदाइ गरिसकेका छन्। त्यसपछि नेपाली टिम भारत जान लागेको हो।
टोलीलाई बिदाइ गर्दै सदस्य सचिव घिसिङले उच्च मनोबलका साथ राष्ट्रलाई सम्झँदै प्रतिस्पर्धा गर्न र राष्ट्रको लागि पदक प्राप्त गर्न शुभकामना व्यक्त गरेका छन्।
प्रशिक्षक चित्र प्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक व्यवस्थापक, ७ महिला र ९ पुरुष गरी १६ खेलाडी, ४ रेफ्रि र एक अफिसियल गरी २३ सदस्य रहेका छन् ।
२७ जेठ २०७९, शुक्रवार ०८:५३ बजे प्रकाशित













