१२ देखि १७ वर्ष उमेर समूहलाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज

सरकारले १२ देखि १७ वर्ष उमेर समूहलाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने छन् ।

यसअघि १२ देखि १७ वर्ष उमेर समूहलाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो । उनीहरुलाई आजबाट बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप दिने सरकारको तयारी छ ।

यसअघि जुन खोप लगाएकाले पनि बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप लगाउन सक्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।


२७ जेठ २०७९, शुक्रवार ०९:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु