दाङमा १६ महिने छोरी हत्या आरोपमा किशोरी आमा पक्राउ

दाङमा एक किशोरीले आफ्नै १६ महिनाकी छोरीलाई सेप्टिक ट्याङ्कीमा फालेर हत्या गरेको खुलेको छ । राप्ती गाउँपालिका– ३ मसुरियाकी एक १५ वर्षीया किशोरीले १६ महिनाकी छोरीलाई सेप्टिक ट्यांकीमा फालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्ले बताए । प्रहरीले किशोरीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आज बिहान ४ बजेतिर किशोरीले आफू शौचालय गएका बेला सँगै सुतेकी छोरी हराएको भनी परिवारका सदस्यलाई बताएकी थिइन् । त्यसपछि उनको घरमा पुगेको इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले सोधपुछ गर्दा आफूले सेप्टिक ट्याङ्कीमा खसालेको स्वीकार गरेको एसपी काफ्लेले बताए ।

 


२५ जेठ २०७९, बुधवार १५:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु