punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीको शपथ आज

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादीका तर्फबाट सिफारिस भएका नयाँ मन्त्रीहरुको शपथ आज हुने भएको छ। एकीकृत समाजवादीले यसअघि सरकारमा रहेका स्वास्थ्य राज्यमन्त्रीबाहेक सबैलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले शपथ कार्यक्रम आजै हुन सक्ने भए पनि समय भने तय भइनसकेको जानकारी दिए।

एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा यसअघिका राज्यमन्त्री भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ र शहरी विकास मन्त्रीमा मेटमणि चौधरीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्। यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा गैर सांसद् शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसीको नाम सिफारिस गरिएको छ।

एकीकृत समाजवादीले हाल स्वास्थ्यमन्त्री रहेका विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको छ।

एकीकृत समाजवादीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका गैरसांसद गोविन्द शर्मा बन्दी भने फिर्ता बोलाएको छैन्। नयाँ निर्वाचनका लागि झण्डै ६ महिना बाँकी छँदा प्रधानमन्त्री देउवाले पाँचौ पटक मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन्।

 


२३ जेठ २०७९, सोमवार ०८:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु