punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महिलालाई मन्त्री नबनाएको भन्दै एकीकृत समाजवादीकी सांसदको विरोध

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादीले बहालवाला मन्त्रीलाई फिर्ता गरेर नयाँ मन्त्री सिफारिस गर्दा महिला नपरेको भन्दै उक्त पार्टीका महिला सांसदहरूले विरोध जनाएका छन्।

एकीकृत समाजवादीकी सांसद लक्ष्मी चौधरीले पार्टीमा केन्द्रीय पदाधिकारी, विभाग, संसदीय समितिको नेतृत्व गरेका एकसे एक महिला नेता हुँदा पनि मन्त्रीका लागि सिफारिस नगरिएको भन्दै आपत्ति जनाएकी छन्। उनले मन्त्री छान्दा किन पुरुष मात्ररु भनेर प्रश्न गरेकी छ्न्। भूगोल समेत नमिलेको उनको भनाइ छ।

‘अनुभव र अध्ययनका दृष्टिले हेर्दा प्राज्ञ महिलाहरुपनि पार्टी केन्द्रमा हुनुहुन्छ। जिम्मेवारी पाएका बखत सशक्त भूमिका देखाएका छन्। पार्टीपंक्तिमा महिलाको सक्रियता र उपस्थिति गर्विलो छ’, चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘तर, मन्त्री छान्दा किन पुरुष मात्र? न भूगोल मिलेको छ न समावेशिता! यसैगरी समाजवाद आउने कसरी? पुनश्च: म व्यक्तिगत रुपमा मन्त्रीको दौडमा थिइनँ, र छैन। तर सगर्व भन्छु: मन्त्री बन्न योग्य महिला नेताको हाम्रो पार्टीमा कमी छैन!’

यसअघि मन्त्रीमा गरेको हेरफेरमा महिलाको नाम नपरेको भन्दै एकीकृत समाजवादकी भातृ संगठन अनेमसंघ (समावजादी)ले पनि आपत्ति जनाइसकेको छ।


२३ जेठ २०७९, सोमवार ०८:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु