कस्ताे रहला आज देशभरकाे माैसम?
नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आजकाे आंशिक बदली रहने माैसमविद्ले जानकारी दिएका छन् ।
प्रदेश १, बागमती र गण्डकीका केही स्थानहरूमा तथा मधेसका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेकाे सूचनामा उल्लेख छ ।
अहिले बिहान पनि प्रदेश १, बागमती र गण्डकीमा सामान्य बदली र बाँकी भू–भागहरूमा आंशिक बदली भई केही स्थानहरूमा वर्षा भइरहेको छ ।
२३ जेठ २०७९, सोमवार ०८:४८ बजे प्रकाशित












