punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको एक सामुदायिक वनमा महिलाको शव फेला

Chaupati
safha napa

कैलालीको एक सामुदायिक वनमा महिलाको शव फेला परेको छ। जिल्लाको घोडाघोडी नगरपालिका–६ स्थित शिवशक्ति सामुदायिक वनमा रूखमा झुण्डिएको अवस्थामा स्थानीय २४ वर्षिया जलुकी सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

शुक्रबार नुहाउन भनी घरबाट गएकी उनलाई शनिबार स्थानीयले रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२२ जेठ २०७९, आइतवार १२:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु