punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

समर्थकले रोनाल्डोलाई दिए प्लेयर अफ दी सिजन अवार्ड

Chaupati
safha napa

समर्थकले क्रिस्टियानो रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडको प्लेयर अफ दी सिजन अवार्ड दिएका छन्।

उक्त अवार्डका लागि समर्थकले भोटिङ गरेका थिए। सर म्याट बस्बी प्लेयर अफ दी इयरका रूपमा प्रदान गरिने उक्त अवार्डको विजेता म्यानचेस्टर युनाइटेडका समर्थकले भोटिङ गर्छन्।

खेलाडीले भने गोलरक्षक डेभिड डे जियालाई क्लबको प्लेयर अफ दी इयर छनोट गरेका छन्। यसै सिजनको सुरुवातमा मात्र रोनाल्डो म्यान युनाइटेड फर्किएका थिए। यो सिजन उनले सबै प्रतियोगितामा गरी क्लबका लागि २४ गोल गरे।

प्रिमियर लिगमा मात्र १८ गोल गरेका थिए। घरेलु लिगको सर्वाधिक गोलकर्ताका रूपमा उनी लिभरपुलका मोहम्मद सलाह र टोट्टनहामका सन हिउङ मिनभन्दा मात्र पछाडि रहेका थिए।

यो सिजन म्यान युनाइटेडका विर्सनलायक रहेको थियो। घरेलु लिगमा शीर्ष चारभित्र अटाउन नसकेपछि युरोपियन च्याम्पियन्स लिगमा समेत छनोट हुन सकेन।


२१ जेठ २०७९, शनिवार २१:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु