punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका नवनिर्वाचित जनप्रतिनिधिलाई २५ र २६ गते अभिमूखीकरण

Chaupati
safha napa

संघीय सरकारले सुदूरपश्चिमका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण तालिम दिने भएको छ ।

गत ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका सुदूरपश्चिमका सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई दिने अभिमूखीकरण दिन लागेको हो ।

मन्त्रालयका सहसचिव डा। गोपिकृष्ण खनालका अनुसार ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमूखीकरण दिइने छ ।

उनका अनुसार सुदूरपश्चिम र प्रदेश १ मा २५–२६ जेठमा अभिमूखीकरण दिइने छ भने मधेश, गण्डकी र कर्णालीमा २७–२८ जेठको मिति तय भएको छ ।

बागमती र लुम्बिनीमा ३०–३१ जेठमा अभिमूखीकरणको कार्यतालिका तय भएको छ । कार्यक्रम स्थलको जानकारी सम्बन्धित प्रादेशिक सुशासन केन्द्रमार्फत हुने जनाइएको छ ।


२० जेठ २०७९, शुक्रवार १०:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु