कैलालीका डिएसपी जोशी सम्मानित
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशी सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालयमा एक समारोह आयोजना गरी कैलालीका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले नगद पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरी जोशीलाई सम्मानित गरेका हुन् ।
गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा अहोरात्र खटिई निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने कार्यमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रहरी नायव उपरीक्षक जोशीलाई समान गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
२० जेठ २०७९, शुक्रवार १०:२१ बजे प्रकाशित































