धनगढीका मेयर हमालले गरे नगर विकास समिति अध्यक्षको पदभार ग्रहण

धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले धनगढी नगर विकास समिति अध्यक्षको पदभार ग्रहण गरेका छन्। हमालले मंगलबार नगर विकास समितिको अध्यक्षको पदभार ग्रहण गरेको नगरप्रमुखको सचिवालयले जनाएको छ।

नगर विकास ऐनअनुसार नगरप्रमुख नगर विकास समितिको अध्यक्ष हुने प्रावधान रहेको छ भने समितिको सदस्य सचीव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ।

 

 


१७ जेठ २०७९, मंगलवार १४:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु