नायिकामाथि ‘दुर्व्यवहार’ को आरोपमा थुनिएका भिक्षु रिहा

नायिका मेरिना मगरमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका भिक्षु रिहा भएका छन् । चौतर्फी दबाबका बीच भिक्षुमाथिको उजुरी फिर्ता लिन नायिका तयार भएपछि प्रहरीले उनलाई रिहा गरेको हो ।

सिभिल मलमा ‘कबड्डी ४’ हेरेर निस्किने क्रममा आफूलाई भिक्षुले ब्याड टच गरेको आरोप मेरिनाले लगाएकी थिइन् । तर, निर्दोषलाई फसाएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको छ ।

कबड्डी ४ टिमले नायिका र बुद्धिष्ट संघ-संस्थाबीच छलफल गराएको थियो । त्यसपछि दुवै पक्ष समझदारीमा पुगेका हुन् ।

 


१७ जेठ २०७९, मंगलवार १३:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु