बुढीगंगामा पुन: निर्वाचनको निर्णय छानबिन समितिको सुझावविपरीत

निर्वाचन आयोगले छानबिन समितिले दिएको सुझावविपरीत बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने निर्णय गरेको खुलेको छ ।

वैशाख ३० गते मतदानको क्रममा विवाद भएपछि त्यहाँ मतगणना हुन सकेको थिएन । निर्वाचन आयोगले निर्वाचन आयुक्त सगुन शमशेर जबराको नेतृत्वमा छानबिन समिति बनाएर स्थलगत अनुगमनका लागि पठाएको थियो ।

समितिले प्रतिवेदन बुझाएलगत्तै निर्वाचन आयोगले पुनस् मतदानको निर्णय गरेको थियो । तर, उक्त प्रतिवेदनमा मतगणना यथाशीघ्र सुरू गर्न सिफारिस गरिएको थियो ।

समितिले सबै वडामा मतगणना गर्न सुझाव दिएपनि आयोगले पुन मतदानको निर्णय गरेको हो । बुँदा नम्बर २ मा निर्वाचन रद्द गरी पुन: निर्वाचन कार्यक्रम घोषणा गर्ने जिल्ला सुरक्षा समितिको बैठकमा निर्णय गरेर मुख्य निर्वाचन अधिकृतलाई पठाउने विषय पनि समितिले गलत ठहर गरेको छ ।

यता निर्वाचन आयोगले भने समितिको सुझाव हुबहु कार्यान्वयन नहुन पनि सक्ने बताए । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले अन्य संयन्त्रबाट पनि बुझिरहेको बताउँदै समितिको प्रतिवेदनै अन्तिम नभएको जनाए ।

 


१७ जेठ २०७९, मंगलवार १४:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु