punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तारा एयरको जहाज मुस्ताङको घासा क्षेत्रमा दुर्घटनाको आशंका, खोजी हुँदै

Chaupati
safha napa

तारा एयरको हराएको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घासा क्षेत्रमा केन्द्रित भएको छ।

जोमसोमबाट उडेको फिष्टेल एयरको हेलिकप्टर त्यसतर्फ खोजीमा गएको मस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले नेपाल भ्यूजलाई टेलिफोनमा बताए। उनले भने, ‘‘पुष्टि हुन सकेको छैन, बुझ्ने काम भइरहेको छ।’’

मुस्ताङको घासा क्षेत्रमा ठूलो आवाजमा विस्फोट भएको र आगो देखिएको भन्दै स्थानीयले प्रहरीलाई सूचना दिएका छन्। हराएको विमान त्यही दुर्घटना भएको हुनसक्ने आशंका छ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएपछि खोजबीनको लागि पोखरा र जोमसोमबाट हेलिकप्टर पठाएको हो। खराब मौसम भएका कारण हेलिकप्टर समेत जान कठिन भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक राजकुमार दानीले नेपाल भ्यूजलाई टेलिफोनमा बताए।

 


१५ जेठ २०७९, आइतवार १२:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु